१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिक आन्दोलनमाथि बल प्रयोग भएकोमा कांग्रेसद्वारा भर्त्सना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४५:oo

प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनमा उत्रिएका नागरिकहरूमाथि बल प्रयोग भएकोप्रति कांग्रेसले भर्त्सना गरेको छ । काठमाडौंमा समाजका विभिन्न क्षेत्रका नागरिकहरूले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई कांग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले गम्भीरतापूर्वक लिएको र सरकारले बल प्रयोग गरेकोप्रति निन्दा र भर्त्सना गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

‘असंवैधानिक कदमविरुद्धका प्रदर्शनहरू संविधानले प्रदान गरेको अधिकार हो, शान्तिपूर्ण ढंगले गरिएको प्रदर्शनमा लाठीचार्ज, अश्रुग्यास तथा पानीको फोहाेरा प्रहार हुँदा घाइते भएका सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । सरकारले गरेको बल प्रयोगको घटनाप्रति कांग्रेस निन्दा र भर्त्सना गर्दछ,’ मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । 

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सार्वजनिक रूपमा व्यक्त गरेका अभिव्यक्तिहरूप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । ‘संसद् विघटनको विरोध गर्नेहरू देशविरोधी हुन् भन्ने उहाँको अभिव्यक्ति अत्यन्तै अनुचित र अलोकतान्त्रिक छ,’ कांग्रेसले भनेको छ, ‘सम्मानित सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारहरूप्रति अशोभनीय टिप्पणी अनि आफूसँग अहसमत सबैथरीप्रति उहाँको तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न उहाँ असफल भएको यो बैठकको निष्कर्ष छ ।’ 

यस्तै, कांग्रेसले संसारको दोस्रो अग्लो हिमाल ‘केटु’को सफल आरोहण गर्ने आरोही निर्मल पुर्जासहित दश नेपाली युवालाई उच्च सम्मानसहित विशेष बधाई ज्ञापन गरेको छ ।