१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १२ सोमबार २०:५५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला राष्ट्रिय लिग : चन्द्रपुरको पहिलो जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १२ सोमबार २०:५५:००

रौतहटको चन्द्रपुर नगरपालिकाले महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलको ठूलो अन्तरले पराजित ग¥यो ।

सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा भएको खेलमा चन्द्रपुरका लागि सविता रानामगरले ह्याट्रिक गोल गरिन् । खेलमा अग्रता भने चौदण्डीगढीले लिएको थियो । अञ्जना थुलुङले चौदण्डीगढीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । 

तर, चन्द्रपुर सशक्त रूपमा फर्कियो । चन्द्रपुरका लागि सविताबाहेक दिलकुमारी रानामगरले थप दुई तथा रजनी थोकर र सुनिता भोलनले एक–एक गोल गरे । 

सुरुवाती अग्रता बनाएर पनि भारी अन्तरको पराजय व्यहोरेपछि चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले खेलाडीको प्रदर्शनमा असन्तुष्टि जनाए । ‘हामीले नेपाल पुलिसविरुद्ध रक्षात्मक खेल खेल्दा पराजय व्यहोर्नुपरेको थियो । त्यसैले यसपटक आक्रामक खेलको रणनीति बनाएका थियौँ,’ उनले भने, ‘तर, हाम्रो योजनाअनुसारको खेल नै हुन सकेन । खेलाडीबीच तालमेल हुन सकेन । पराजयको कारण त्यही बन्यो ।’

चन्द्रपुरका प्रशिक्षक नूरराज काफ्लेले भने टोलीको जितमा खेलाडीको प्रशंसा गरे । ‘अघिल्लो खेलमा एपिएफसँग पराजय व्यहोरेपछि यो खेलमा हामीलाई जित अत्यावश्यक थियो । त्यसअनुसारकै नतिजा आएको छ,’ उनले भने, ‘तीन अंक जोड्न पाउँदा खुसी लागेको छ ।’ चन्द्रपुर यसअघि एपिएफसँग ६–० ले पराजित भएको थियो ।

प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्दै छ । यस्तै, दिनको दोस्रो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ भिड्ने छन् ।