Skip This
सभामुख अग्नि सापकोटा भन्छन्– कार्यपालिकालाई प्रतिनिधिसभाले सहयोग नै गरेको छ, असहयोग गरेको छैन (भिडियोसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सभामुख अग्नि सापकोटा भन्छन्– कार्यपालिकालाई प्रतिनिधिसभाले सहयोग नै गरेको छ, असहयोग गरेको छैन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३३:oo

सभामुख अग्नि सापकोटाले कार्यपालिकालाई प्रतिनिधिसभाले अहिलेसम्म सहयोग नै गरेको बताएका छन् । अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षणपत्र बुझ्दै सापकोटाले प्रतिनिधिसभाबाट कार्यपालिकालाई असहयोग नभएको बताएका हुन्।

प्रधानमन्त्री केपी ओलीले विभिन्न कार्यक्रममा पुगेर प्रतिनिधिसभाबाट आफूलाई असहयोग भएको बताउँदै आएका थिए । 

सभामुख सापकोटाले भनेका छन्, ‘यो कुरा म प्रस्टसँग भन्न चाहन्छु कि पछिल्लो बर्खे अधिवेशन जुन हामीले सञ्चालन गर्यौँ त्यो बहुआयामिक महत्वका साथ सम्पन्न भएको छ। संविधान संशोधन गरेर नक्सा पास गऱ्याैँ, त्यो सायदै अभूतपूर्व एकता थियो, हाम्रो संसदमा प्रकट भएको । संसदभित्र न प्रत्यक्ष न कुनै सदस्यले कुनै खालको अवरोध गर्नुभएको थिएन । त्यसमा सहयोग पुऱ्याउनुभएको थियो । कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न वेल घेर्ने काम भयो, सौहार्द, व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्यमान्यतालाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउनका लागि भगरथ मिहिनेत गऱ्याैँ । हामी सांसदहरू, सचिवालयका कर्मचारीहरू सबैले अहोरात्र खटेर सदन सञ्चालन गरेका थियौँ  । जो अहिले त्यहाँ सहयोग भएन, त्यहाँ अलिकति अराजकता भयो, अनुशासन भएन भन्ने जो कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । त्यसकारण, एउटा त्यस्तो अवरोध गरेको कुरा चाहे त्यो नीति कार्यक्रम पास गर्ने कुरामा होस् चाहे त्यो बजेट पास गर्ने कुरा होस्, कुनै कुरामा पनि कार्यपालिकालाई प्रतिनिधिसभाले सहयोग नै गरेको छ । कहिले पनि असहयोग गरेको छैन ।’