१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ११ आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ ११ आइतबार २o:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् पुनर्स्थापना कि चुनाव ? जसपाका दुई अध्यक्षको मत बाझियो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ ११ आइतबार २o:१३:oo

संसद् पुनर्स्थापना कि चुनाव भन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षको मत बाझिएको छ । आइतबार जसपा र शिवलाल थापा नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीबीच एकीकरण घोषणा कार्यक्रममा दुई अध्यक्षको मत बाझिएको हो । 

अध्यक्ष महन्थ ठाकुरले संसद् पुनर्स्थापना भए पनि सत्तारुढ नेकपाको कारण समस्या समाधान नहुने बताएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले संसद् विघटनको निर्णय खारेज गरेर प्रतिगमन सच्याउनु नै आजको आवश्यकता भएकोमा जोड दिएका छन् । 

ठाकुरले संसद् पुनर्स्थापना भए पनि सत्तारुढ नेकपा कानुनी रूपमा विभाजित नभएको अवस्था भएकोले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने बताए । 

अर्का अध्यक्ष यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताए । संघीयता, गणतन्त्र, समावेशिताजस्ता मुद्दाहरूलाई समाप्त पारी मुलुकलाई पछाडि धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । संसद् विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नुरहेको उनको भनाइ छ ।

वरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन व्यवस्था पटक–पटक बदलिए पनि विचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको बताए ।