मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एन. के. अरोडा
२०७७ माघ ११ आइतबार ०८:५३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खोपमा इतिहास रच्दै भारत

Read Time : > 2 मिनेट
एन. के. अरोडा
२०७७ माघ ११ आइतबार ०८:५३:००

पछिल्लो समय निम्न र मध्यम आयवाला देशको ध्यान भारततर्फ देखिन्छ 

कोभिड–१९ विरुद्ध दुनियाँमा सबैभन्दा ठूलो खोप अभियान भारतमा सुरु भएको छ । यससँगै भारत विज्ञानले उचाइ हासिल गरेको विश्वका अग्रणी मुलुकमा दर्ता भएको छ । पहिला भारतले खोपको विकासका लागि पश्चिमको मुख ताक्ने गर्थ्यो। तर, अब भारतका वैज्ञानिक आफ्ना उपलब्धि विश्वमाझ देखाउने हैसियतमा पुगेका छन् । यो खुसीको साथै गर्वको कुरा पनि हो । 

यो सफलतासम्म पुग्न कठिन यात्रा तय गरिएको छ, तर उत्तिकै चुनौतीपूर्ण यात्रा अगाडि पनि छ । पहिलो चुनौती यति धेरै जनसंख्यालाई एकसाथ खोप लगाउनु हो । सामान्यतया भारतमा बर्सेनि पाँच–६ करोड मानिसलाई खोप लगाइन्छ । यसमा आधा बच्चा र बाँकी महिला, विशेषगरी गर्भवती महिला हुन्छन् । अहिले सम्पूर्ण वयस्कलाई खोप दिन थालिएको छ । आगामी चार महिनामा लगभग ३० करोड मानिसलाई खोप लगाउने योजना छ । सामान्य अवस्थाको भन्दा ६ गुना धेरै खोप लगाइँदै छ ।

भारतसँग पोलियो र दादुराको खोप अभियानको अनुभव छ । पोलियो अभियानमा चार–पाँच दिनभित्रै झन्डै १७ करोड बच्चालाई यसको खुराक दिइन्छ । रुबेलाविरुद्ध पनि १५ वर्षभन्दा कम उमेरका ४२ करोड बच्चालाई खोप दिइन्छ । यसको अनुभव कोरोनाविरुद्धको खोप अभियानमा बहुमूल्य सावित हुँदै छ । दोस्रो चुनौती प्राथमिकता समूहमा रहेका हरेकलाई खोप लगाउनु हो । मानव शरीरले कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता तब मात्र विकास गर्न सक्छ, जब यसको दुवै डोज लगाइन्छ । बच्चाका लागि खोप अभियानमा कार्ड दिइन्छ, तर वयस्क मानिसका लागि यस्तो व्यवस्था छैन । यो चुनौतीबाट पार पाउन एक विशेष तरिका अपनाइएको छ । 

पहिला भारतले खोपको विकासका लागि पश्चिमको मुख ताक्ने गर्थ्यो । तर, अब भारतका वैज्ञानिक आफ्ना उपलब्धि विश्वमाझ देखाउने हैसियतमा पुगेका छन् ।
 

खोपकेन्द्रमा खोपको उपलब्धता सुनिश्चित गर्न एक सफ्टवेयर प्लेटफर्म छ, जसबाट केन्द्रीय एजेन्सीहरूले सीधै निगरानी गर्न सक्छन् । खोप लगाइनेलाई यो प्लेटफर्ममा जोडिन्छ । यो को–विन एपको माध्यमबाट भइरहेको छ । अहिले सबैले यो एपको प्रयोग गर्न नसके पनि छिटै सबैका लागि यो उपलब्ध हुन्छ । यसका साथै खोप लगाइएको व्यक्तिमा नकारात्मक असर देखा परे निगरानी गर्ने व्यवस्था पनि गरिएको छ । त्यसैले यो टिममा वयस्कका विशेषज्ञ डाक्टरलाई पनि सामेल गरिएको छ । उनीहरू कुनै प्रकारका प्रतिकूल असर देखियो भने तुरुन्तै सक्रिय हुन्छन् । 

तेस्रो चुनौती थोरै समयमा धेरै मानिसलाई खोप लगाउनु हो । यो समस्यालाई हटाउन खोपको उपलब्धता बढाउनुका साथै आममानिससमक्ष यसलाई पु¥याइनेछ । आउने तीन–चार महिनामा प्राथमिकताको सूचीमा रहेका सबैलाई खोप लगाइसक्ने आशा छ । खोप बनाउन अग्रसर भएका कम्पनीलाई हेर्दा यो साल भारतमा ६–सात वटा खोपले अनुमति पाउने सम्भावना छ । यसैकारण २०२१ को आखिरी ६ महिनामा बजारमा खोप आउने कुरा गरिरहिएको छ । चौथो चुनौती आममानिसमा खोपप्रति देखिएको शंका भगाउनु हो । सरकारले एक सञ्चार कार्यक्रम बनाएको छ । जसले विभिन्न सञ्चार माध्यम र सार्वजनिक सूचनाबाट मानिसमा रहेको आशंका हटाइरहेको छ । बुझ्नुपर्ने कुरा, कुनै पनि खोप धेरै आयाममा परीक्षण गरेर सफल भएपछि मात्र प्रयोगको अनुमति दिइन्छ । जसमा तीन कुरा महत्वपूर्ण छन्– सुरक्षित हुनु, शरीरमा उचित मात्रामा रोग प्रतिरोधात्मक क्षतमा विकास गर्नु र ठूलो जनसंख्यामा रोग प्रभावकारी हुनु । 

भारतमा अनुमति दिइएको कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई पनि यी तीनै कुरामा परीक्षण गरिएको छ । तथ्यांकले यी दुवै खोपले सुरक्षित र पर्याप्त मात्रामा प्रतिरोधात्मक क्षमता विकास गर्ने बताउँछ । यी दुई खोपमा एक अन्तर के छ भने कोभिसिल्डको प्रभावकारिता थाहा भए पनि कोभ्याक्सिनबारे त्यति जानकारी छैन । दुई महिनामा यसको प्रभावकारिता पनि थाहा हुन्छ । यसैकारण खोप केन्द्रमा यो सहमतिपत्रको विकल्प दिइएको छ कि कसैले कोभ्याक्सिन लगाउन चाहँदैनन् भने बाध्य गरिँदैन । खोपलाई ऐच्छिक बनाइएको छ । कुन केन्द्रमा कुन खोप उपलब्ध छ, यसको जानकारी पहिले नै मानिसलाई दिइन्छ । पहिलो खोप लिएको २८ दिनपछि दोस्रो खोप दिइन्छ । र, त्यसको दुई हप्तामा शरीर कोरोना प्रतिरोधी हुन्छ । भारत इतिहास रच्न सफल भएको छ । भारतको खोप अभियानको सफलताले ठूलो महत्व राख्छ । पछिल्लो समय निम्न र मध्यम आयवाला देशको ध्यान भारततर्फ देखिन्छ । 

(अरोडा चिकित्सा विशेषज्ञ एवं एम्सका पूर्व–प्राध्यापक हुन्)
हिन्दुस्तानबाट