१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ ९ शुक्रबार २०:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा ४९६ क्युफिट अवैध काठसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७७ माघ ९ शुक्रबार २०:५२:००

लमजुङ प्रहरीले तीन दिनमा विभिन्न ठाउँबाट १५ लाख ३४ हजार सात सय ४० मूल्यबराबरको ४९६ क्युफिट अवैध काठ बरामद गरेको छ । प्रहरीले दोर्दी र मध्यनेपालका विभिन्न क्षेत्रबाट काठ बरामद गरेको हो ।

अस्थायी प्रहरी पोस्ट कीर्तिपुरबाट प्रहरी हवल्दार खिलबहादुर उपरकोटीको कमान्डमा मंगलबार खटिएको प्रहरी टोलीले दोर्दी गाउँपालिका– ८ खिमचोकबेसीस्थित दोर्दी गाउँपालिका– ६ बस्ने वर्ष २८ का कन्याबहादुर तामाङले चलाएको ग.१त ५४०६ नम्बरको ट्र्याक्टरमा अवैध रूपमा ल्याउँदै गरेको चाँपको ७४.८२ क्युफिट काठ बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादु थापाले बताए । उनका अनुसार ट्र्याक्टरचालकसहित बरामद काठ र उक्त घटनामा संलग्न दोर्दी गाउँपालिका– ८ बस्ने वर्ष ३६ का मेघराज घलेलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय लमजुङमा पठाइएको छ । 

यस्तै, बुधबार दोर्दी गाउँपालिका– ८ पाँचस्वारा जंगलमा अवैध रूपमा ओसारपसार गर्नका लागि तयारी अवस्थामा रहेको चाँपको ३९६.९१ क्युफिट अवैध चिरान काठसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीले बिहीबार मध्यनेपाल नगरपालिका– ९ पिस्तीखोला बगरबाट अवैध सालको काठसमेत बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको कमान्डमा खटिएको प्रहरी टोलीले मध्यनेपाल नगरपालिका– ९ स्थित पिस्तीखोला बगरमा बेवारिसे अवस्थामा रहेको २३.९१ क्युफिट सालको चिरान काठ बरामद गरेको हो । उक्त काठ बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सबडिभिजन वन कार्यालय भोर्लेटारमा बुझाइएको छ ।