मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ ९ शुक्रबार १२:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिँगटी हाइड्रोको आइपिओ काठमाडौंबाट पनि भर्न सकिने 

Read Time : < 1 मिनेट
२०७७ माघ ९ शुक्रबार १२:१९:००

२५ मेगावाट क्षमताको सिँगटी जलविद्युत् आयोजनाले आह्वान गरेको आयोजना प्रभावित क्षेत्रका स्थानीहरूको सेयर काठमाडौंबाट पनि भर्न सकिने भएको छ ।आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले धितोपत्र बोर्डबाट अनुमति लिइसकेकोले काठमाडौंबाट पनि सेयर भर्न सकिने भएको हो ।

मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका केही स्थानीय काठमाडौंमैै बस्ने र कोभिडका कारणले जिल्ला जान नसक्ने गुनासो आएपछि काठमाडौंबाट पनि संकलनको व्यवस्था मिलाइएको जानकारी दिए । काठमाडौंमा बसोवास गर्दै आएका बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वर पुगेर सेयर आवेदन गर्ने व्यवस्था मिलाइएको आयोजनाका कम्पनी सचिव रमेश अधिकारीले जनाएका छन् । 

निष्कासन हुने कुल सेयरमध्ये १४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको र बाँकी सर्वसाधारणका लागि आह्वान हुने  कम्पनीका कार्यकारी निर्देशक काजी लामाले जानकारी दिए । यो सेयर धितो पत्र बोर्डबाट स्वीकृति भइसकेपछि आयोजनाले शुक्रबार सूचना प्रकाशन गरि माघ ४ गतेबाट संकलनको काम सुरु गरेको छ ।   

सिँगटी हाइड्रो इनर्जी प्रा.लि. का कम्पनी सचिव रमेश अधिकारीका अनुसार स्थानीयका लागि छुट्याइएको सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो । यस्तै, सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् २९ करोड रुपैयाँबराबरको २९ लाख कित्ता सेयर निष्कासन हुनेछ ।  पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।