मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार २१:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्जिनियरिङ कलेज ठगी प्रकरण : ३५ लाख धरौटी तिर्न नसकेपछि लम्बोधर जेल चलान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार २१:२५:००

नेपाल इन्जिनियरlङ कलेजको ठगी मुद्दामा पूर्वअध्यक्ष लम्बोधर न्यौपाने जेल चलान भएका छन् । भक्तपुर जिल्ला अदालतले मागेको ३५ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि उनी बिहीबार जेल चलान भएका हुन् । 

उनीसँगै पक्राउ परेका रामकुमार श्रेष्ठसँग १० लाख तथा चोलाकान्त च्वाईसँग ५० हजार रुपैयाँ धरौटी माग भएको छ । उनीहरूबिहीबार नै धरौटी तिरेर छुटेका छन् । रामबहादुर पोखरा विश्वविद्यालयका पूर्वलेखापाल हुन् भने च्वाई हालका लेखापाल हुन् । कलेजको किर्ते विधानमा उनीहरूले समेत साथ दिएको भन्दै सिआइबीले पक्राउ गरी मुद्दा चलाएको हो । 

अदालतले मागेको धरौटी बुझाउन नसकेपछि न्यौपानेलाई कारागार चलान गरिएको सिआइबीकी प्रवक्ता एसपी गंगा पन्तले बताइन् । कलेजले नै दिएको जाहेरीका आधारमा पूर्वअध्यक्ष न्यौपाने १० मंसिरमा पक्राउ परेका हुन् । कलेजको आठ करोड २१ लख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको भनेर कलेजका प्रिन्सिपल रामकृष्ण श्रेष्ठले सिआइबीमा जाहेरी दिएका थिए । त्यसमध्ये करिब तीन करोड न्यौपानेले ठगी गरेको कलेजले जनाएको छ । 

न्यौपाने २३ मंसिर ०७० देखि १५ असोज २०७५ सम्म कलेजको सञ्चालक समितिका अध्यक्ष थिए । जसक्रममा उनले कलेजको बजेटबाट किनेको गाडी आफ्नो नाममा पास गर्नेदेखि विनाखर्च सञ्चालक समितिले पैसा निकालेर दुरुपयोग गरेको थियो । न्यौपानेले सचिवालय खर्चको बहानामा ५७ लाख ५० हजार रुपैयाँ निकालेर दुरुपयोग गरेका थिए । त्यस्तै, २० फागुन ०७३ मा बसेको सञ्चालक समितको बैठकले एक करोड ५० लाख रुपैयाँ कुनै बिल नै पेस नगरी सञ्चालकहरूलाई दिने निर्णय गरेको थियो । काल्पनिक शीर्षकमा उनले पटकपटक रम निकालेर दुरुपयोग गरेको कलेजको दाबी छ ।  

कलेजले गत २४ कात्तिकमा सिआइबीका जाहेरी दिएको थियो । न्यौपाने पक्राउ परे पनि त्यतिखेरका अन्य सञ्चालकहरू ललितपुरका रामकृष्ण उपाध्याय, काठमाडौं विशालनगरका उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका लवराज भट्टराई भने फरार छन् ।