१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार १८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केही मान्छेको तमासाबारे जनतालाई सजग बनाउनुपर्छ : प्रधानमन्त्री ओली (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार १८:०७:००

प्रधानमन्त्री केपी ओलीले आफूहरू देश बनाउने अभियानमा रहेको दाबी गरेका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘हामी कुनै आवेग, उत्तेजना र आक्रोशमा छैनौँ । कसैप्रति आग्रह र दुराहग्रह साँध्नु पनि छैन । हामी रातो झण्डा फहराउनेवाला हौँ । पेरिसडाँडामा जस्तो कालोझण्डा फहराउनेवाला होइनौँ, रातो बेलुन उडाउँछौँ, कालो बेलुन उडाउनेवाला होइनौँ, राष्ट्रिय झण्डा फहराउँछौँ, कालो झण्डा फहराउँदैनौँ । चम्किलो, उज्यालो भविष्यतर्फ अगाडि बढिरहेका छौँ, किनभने हामीलाई देश बनाउनु छ ।’

ओलीले प्रचण्ड–माधव नेपाल पक्षतर्फ लक्षित गर्दै केही मान्छेको तमासाबारे जनतालाई सजग बनाउनुपर्ने बताए । उनले भने, ‘तिनीहरूले जनतालाई सिनेमा देखाउँछन् । सिनेमामा हिरो हुन्छ, हिरोइन हुन्छ । धुमधामका साथ लभ पर्छ । हिरोइन सख्त घाइते हुन्छे, हिरो आकुल–व्याकुल हुन्छ । तर, वास्तवमा त्यो लभ परेको, घाइते भएको केही पनि होइन, तमासा मात्रै हो । केही मान्छेले त्यसैगरी तमासा गर्छन्, जनता झुक्याउँछन्, हामीले त्यस्ता तत्वबाट जनतालाई सजग गराउनुपर्छ ।’