मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ ८ बिहीबार १२:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली समूहले आयोजना गर्ने कार्यक्रम बिथोल्न सक्ने भन्दै सप्तरीमा प्रचण्ड–माधव समूहका नौजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ माघ ८ बिहीबार १२:४०:००

प्रधानमन्त्री केपी ओली समूहले राजविराजमा आज गर्न लागेको मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रम बिथोल्न सक्ने भन्दै प्रहरीले सप्तरीबाट प्रचण्ड–माधव समूहको नेकपाका नौजना कार्यकर्तालाई बिहीबार पक्राउ गरेकाे छ  । 

सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरूलाई त्यहीँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा सप्तरीमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रम गरिँदै छ ।

 प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज गर्न लागेको मोटरसाइकल र्‍याली बिथोल्ने आशंकामा सातजनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन् । उक्त कार्यक्रमलाई बिथोल्ने योजना बनाएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक धमलाले बताए । 

प्रचण्ड–माधव समूहका नेता महेश यादवले असंवैधानिक कदमको विरुद्धमा नारा जुलुस लगाएकै भरमा पक्राउ गर्नु तानाशाही भएको बताए । नेता यादवका अनुसार प्रहरीले नेकपा प्रचण्ड -माधव समूहका जिल्ला सदस्य मुकेशकुमार यादव, राजु जसवाल, छोटु यादव, बलराम यादव र राजविराज नगरपालिका– ७ का प्रेम यादवसहित सातजनालाई पक्राउ गरिएको बताए ।

प्रदर्शन गर्ने क्रममा पक्राउ परेकालाई रिहा गर्न उनले मागसमेत गरेका छन् । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।