मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ८ बिहीबार १०:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माघ ९ को प्रदर्शनका लागि नेकपा प्रचण्ड–माधव समूहले सार्वजनिक गर्‍यो निर्देशिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ८ बिहीबार १०:२६:००

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै चोइटिएको नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले माघ ९ गते काठमाडौंको रत्नपार्कमा संसद् विघटनको विरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ । 

विरोध प्रदर्शनलाई सफल पार्नको लागि नेकपा प्रचण्ड –माधव समूहले विभिन्न बुँदामा निर्देशिका तयार पारेका छन् । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले मुख्य सात बुँदामा तयार भएको निर्देशिका बिहीबार सार्वजनिक गरेका छन् । 

बुँदाको पहिलो नम्बरमा प्रत्येक प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूले केन्द्रले तोकेको संख्या नघटाईकन प्रदर्शनमा सहभागी गराउन निर्देशन दिएको छ । 

नेकपाले काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट र्‍याली निकाल्ने भएको छ ।