मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार २०:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोलि कुनै प्रधानमन्त्रीले शतप्रतिशत सांसद आफ्नै चाहियो भनेर संसद् विघटन गरिदिए के गर्ने ? :  गगन थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार २०:०१:००

कांग्रेस नेता गगन थापाले भोलि कुनै प्रधानमन्त्रीले शतप्रतिशत सांसद आफ्नै चाहियो भनेर संसद् विघटन गरिदिए के गर्ने भन्ने प्रश्न गरेका छन् । बुधबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा थापाले असंवैधानिक कदम सच्चिनुपर्ने बताए । 

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाइ छ ।

जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भए पनि दुवै पक्षले क्षमा नमागेको उनको भनाइ छ । थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधानअनुरूप सही फैसला गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले प्रतिनिधिसभा विघटन गरेको बताए । कम्युनिस्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण प्रतिनिधिसभा विघटन भएको उनको भनाइ छ ।