Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार १७:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध घरघरबाट ऐक्यबद्धता जनाउन देउवाको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार १७:२८:००

कांग्रेस सभापति शेरबहादुर देउवाले घरघरबाट सहभागी भएर प्रतिनिधिसभाविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । कांग्रेसले बिहीबार ६ हजार सात सय ४३ वटै वडाबाट प्रतिनिधिसभा विघटनको विरोधमा ¥याली र सभा गर्दै छ । 

देउवाले विज्ञप्ति जारी गर्दै ओली सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध बिहीबारको प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् । 

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ, वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु,’ देउवाले भनेका छन् । 

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले १३ पुसमा एक सय ६५ निर्वाचन क्षेत्रमा, २५ पुसमा तनि सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकाहरूमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।