मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ३ बिहीबार
  • Thursday, 17 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार ०९:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘शिक्षाको गुणस्तर वृद्धिमा व्यावसायिक प्रतिष्ठानको सहयोग आवश्यक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार ०९:०७:००

विश्वभरका मानवको जीवनस्तर उकास्न गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताएका छन् । ठूला व्यवसायिक प्रतिष्ठानले सामाजिक उत्तरदायित्वका रुपमा गुणस्तरीय शिक्षाका लागि सघाएमा मानव विकासमा फड्को मार्न सकिने उनको भनाइ छ ।

भारतको ‘द पोलिसी टाइम्स’ र ‘शिव नादर युनिभर्सिटी’द्वारा आयोजित ‘वल्र्ड एजुकेसन कन्फ्रेन्स–२०२१’ मा प्रमुख अतिथिका रूपमा बोल्दै चौधरीले कुनै पनि बहानामा बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नहुने बताए । ‘व्यक्तिको मौलिक हकका रूपमा रहेको शिक्षाले संसार चियाउने बाटो देखाउँछ,’ उनले भने ।’ ‘बिजनेस विथ पर्पस’को मन्त्र स्मरण गर्दै चौधरीले भारत र नेपालका युवाशक्तिको सन्दर्भ जोड्दै भने, ‘भारत र नेपालमा विश्वकै ठूलो युवा जनसंख्या छ । यो पुस्तालाई समय सुहाउँदो शिक्षामा डोर्‍याउन सके भोलिको संसार आफैँ उज्यालो हुन्छ ।’

सिजी एजुकेसनले नेपाल, भारतलगायत एसिया र अन्य मुलुकमा गुणस्तरीय शिक्षाका लागि परोपकारी काम गर्दै आइरहेको पनि उनले बताएका छन् ।  कन्फ्रेन्सको ‘राष्ट्रिय शिक्षा नीति–२०२०, शिक्षाको भविष्य र कार्यान्वयनको मार्गचित्र (एनइपी)’ नामक सत्रमा अध्यक्ष चौधरीको आत्मकथा ‘मेकिङ इट बिग’सँगै उनको जीवनका बारेमा चर्चा गरिएको थियो । उनको आत्मकथा विश्वभर ६ भाषामा अनूदित भएको छ ।

यो सत्रमा एनइपी मस्यौदा समितिका सदस्य डा. एमके श्रीधर, एभरग्रिन फाउन्डेसनका संस्थापक डा. चेतन सिंगाई, फिक्कीका महासचिव दिलीप चेनोई, मारुती सुजुकी इन्डियाका कार्यकारी सल्लाहकार एसवाई सिद्धिकी, इस्ट वेस्ट युनिभर्सिटी (बंगलादेश)का संस्थापक उपकुलपति प्रा.डा. मोहम्मत फरासुद्दिनलगायतले पनि बोलेका थिए ।