मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २० बिहीबार
  • Thursday, 04 March, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिड चिकित्सकमाथि आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:०८:००

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका आफन्तले आक्रमण गरेका छन् । निमोनियाको उपचारका लागि बुटवलबाट आएका ६२ वर्षीय बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्समाथि आक्रमण गरेका हुन् । 

आवासीय चिकित्सक डा. सविन भण्डारीमाथि आफन्तले आक्रमण गरेको अस्पतालले जनाएको छ । चिकित्सकमाथि आक्रमण र असुरक्षा बढेको भन्दै अस्पतालमा कार्यरत आवासीय चिकित्सक विरोधमा उत्रिएका छन् । दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै चिकित्सक विरोधमा उत्रिएको डा. सचित शर्माले बताए । 

चिकित्सकका अनुसार मृतक बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउँदा शरीरमा अक्सिजनको मात्रा ज्यादै न्यून भइसकेको थियो । उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि सोमबार मात्रै कोभिड आइसियूमा राखिएको थियो । 

चिकित्सकको विरोधपछि कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । कुटपिट गर्ने युवकले माफी मागेपछि दुवै पक्षबीच सहमति भएको काठमाडौं एसएसपी अशोक सिंहले बताए । सहमतिपछि पक्राउ परेका युवकलाई पनि रिहा गरिएको छ ।