१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ६ मंगलबार १९:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओरिजिनल एमाले केपी होइनन्, मै हुँ, अब एमाले र माओवादी ब्युँतिँदैनन् : माधव नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ६ मंगलबार १९:०९:००

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली कामचलाउ भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताएका हुन् । 

आफू प्रचण्डको कार्यकर्ता भनी ओलीले गरेको टिप्पणीको जवाफ दिँदै नेपालले ओरिजिनल एमाले केपी ओली नभई आफू भएको जिकिर गरे । एकीकरणपछि एमाले र माओवादी पार्टी इतिहास भइसकेको भन्दै उनले अब ती पार्टी नब्युँतिने बताए । 

नेपालले लोकतन्त्र, गणतन्त्र, संघीयता, संविधानलगायतका राजनीतिक परिवर्तनहरू संकटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताए ।