१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ ५ सोमबार ०८:५०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ढोरपाटन क्षेत्रमा धारा र खोलामै जम्यो बरफ

Read Time : < 1 मिनेट
२०७७ माघ ५ सोमबार ०८:५०:००

ढोरपाटन सिकार आरक्ष क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । तापक्रम माइनसमा झरेपछि बग्ने पानी पनि जम्न थालेको छ ।  चिसोका कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको स्थानीय बासिन्दाले बताए । बाग्लुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसाजस्तो बन्ने गरेको छ ।

दिउँसोको समयमा चिसो हावा चल्ने र अन्य समयमा चिसो हुँदा स्थानीयवासीलाई घरबाहिरको काम गर्न पनि कठिन भएको छ । चिसो बढेपछि विद्यालयको पठन–पाठन पनि बन्द गरिएको ज्योति विकास आधारभूत विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताए । ढोरपाटन क्षेत्रमा पर्ने विद्यालय हिउँदको समयमा हरेक वर्ष ४५ दिन बन्द हुने गर्छन् । यसपालि पनि २ फागुनसम्म बन्द गरिएको प्रधानध्यापक अदैले बताए । 

चिसो बढेपछि खेतीपाती, भेडा, च्यांग्रा तथा भाईभैँसी लिएर लेक गएका स्थानीय बासिन्दा पनि बेँसी बोङगादोभान, बोवाङ, अधिकारी चौर झरेका छन् । अहिलेसम्म हिमपात भने भएको छैन । ‘हिमपात भएको छैन । तापनि, बिहान र बेलुकी साह्रै चिसो छ,’ उनले भने, ‘बिहानको चिसोले खोला र धाराको पानी जमेर बरफ बनेको छ । पानी जमेर धाराबाट आउँदैन ।’ तातोपानी खन्याएपछि मात्र पानी बनेर बग्ने गरेको उनले बताए ।