मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ ५ सोमबार ०८:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच वर्षीया बालिका बलात्कृत

Read Time : < 1 मिनेट
२०७७ माघ ५ सोमबार ०८:४७:००

पाँच वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले तिलोत्तमा नगरपालिका– १३ बबनी बस्ने होमबहादुर विकलाई पक्राउ गरेको छ । विकले बिहीबार बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । तर, प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । 

कपिलवस्तु वाणगंगा– १२ घर भएका विक बबनीमा बसेर मजदुरी गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले बिहीबार अपराह्न ५ बजेतिर घरबाट पसल जान निस्किएकी बालिकी राति नजिकैको खोल्सामा अचेत अवस्थामा फेला परेको जानकारी दिए । पौने ८ बजेसम्म नफर्किएपछि परिवारले हराएको भनी प्रहरीलाई खबर गरेका थिए । खोजतलासका क्रममा बालिका गम्भीर अवस्थामा घरनजिकैको खेतमा फेला परेकी थिइन् ।

 गम्भीर अवस्थामा फेला परेकी बालिकाको हाल काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सुरुमा रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना गरिएकी बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइएको हो । थप अनुसन्धानका लागि पक्राउ परेका विकलाई प्रहरीले जिल्ला अदालतबाट आइतबार म्याद थप गरेर नियन्त्रणमा राखिएको एसपी पोख्रेलले  जानकारी दिए ।