मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३ शनिबार १६:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड–नेपालको राजनीति बाँचुञ्जेल अध्यक्ष हुने राजनीति मात्र हो : प्रधानमन्त्री (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३ शनिबार १६:२३:००

प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई आफ्नो काम गर्न नदिएर प्रचण्ड–नेपाल पक्षले गैरराजनीतिक र अमर्यादित काम गरेको बताएका छन् । आयोग सधैँ निर्वाचनको तयारीमा रहने संस्था भएको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा उसले आफ्नो काम गरिरहेकाले उक्त काम रोक्ने भन्ने कुरा हुनै नसक्ने उनको भनाइ छ । 

प्रदेश १ का अगुवा कार्यकर्तालाई राजधानी काठमाडौंमा सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन भइसकेको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा निर्वाचन गर्न हुँदैन भनेर के गर्न खोजेको ? भनी उनले प्रश्न गरे । 

उनले पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बाँचुञ्जेल अध्यक्ष हुनका लागि मरिहत्ते गरेको आरोप लगाए ।

उनीहरूको राजनीतिक उद्देश्य  सधैँ आफू मात्र केन्द्रमा रहनेमा मात्र सीमित बन्ने गरेको उनकाे ठहर छ । 

उनले नेता दाहालतर्फ लक्षित गर्दै दाहाललाई कम्युनिस्ट राजनीतिको तालमा नचाउन खोजेको भए पनि असफल भएको बताए । उनले भने ‘म बजाउँछु तबेला, उ नाच्छ धामी नाचजस्तो ।’ 

नेकपाका युवा नेता योगेश भट्टराईतर्फ लक्षित गरी उनले मिहिनेत गरेर स्थापित गरेको, तर अहिले आफैँलाई धोका दिएको सुनाए ।

उनले नाम भने नलिई भने, ‘आफैँले भोट मागेर ल्याएको, जिताइदिनुस्र मन्त्री बनाउँछु भनेर वाचा गरेर मन्त्री बनाएको, तर एक दिन भुक्क लात्तीले हानेर भाग्यो, को भनेर हेर्दा त त्यही केटो ।’

प्रधानमन्त्री ओलीले २०७३ को चुनावी आमसभामा ताप्लेजुंगमा गएर भाषणमा नेता भट्टराईलाई जिताउन र जितेपछि मन्त्री बनाउँछु भनेका थिए । 

उक्त कुरा स्मरण गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।

उनले अब पार्टीमा अरू नयाँ युवालाई समेटेर स्थापित गराउने र अघि बढाउनेसमेत बताए ।