Skip This
अब एकताको सम्भावना छँदै छैन : माधव नेपाल (भिडियोसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अब एकताको सम्भावना छँदै छैन : माधव नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:५४:oo

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एकताको सम्भावना नरहेको बताएका छन् । उनले अब प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् । 

संविधान निगरानी समूहले आज आयोजना गरेको कार्यक्रममा उनले ओलीलाई दम्भले भरिएको मान्छे भएकोसमेत टिप्पणी गरे । 

आफ्नो मन्तव्यको अधिकांश समय ओलीको आलोचनामा खर्चेका नेपालले प्रधानमन्त्री ओलीलाई अवैधानिक प्रधानमन्त्री हो भने । 

‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन । उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो । उनले सत्ताको दुरुपयोग गरेका छन्,’ उनले भने, ‘उनले आफूलाई कामचलाउ होइन भनिरहेका छन्, कामचलाउ होइन भने उहाँ अवैधानिक प्रधानमन्त्री हो ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई सच्याउनुपर्ने बताए । संविधानले नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्न नपाउने उनको भनाइ छ । बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार संविधानले नदिएको उनले स्पष्ट पारे । 

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको संविधानलाई सर्वोपरी मानि अनुशासनमा बसेर काम गर्नुपर्ने बताइन । प्रजातान्त्रको अभ्यास भनिए पनि राज्य त्यसरी नचलेको उनको टिप्पणी छ ।

ad
ad