मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ १ बिहीबार १२:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाकाे पवित्र तीर्थस्थल खार्पुमा माघीकोे रमझम

Read Time : < 1 मिनेट
२०७७ माघ १ बिहीबार १२:११:००

हुम्लाका विभिन्न मन्दिर र देवालयमा माघी पर्व दर्शन गरी भक्तजनले धुमधामका साथ मनाएका छन् ।

विशेष गरी खार्पुनाथको खार्पु दोभान तीर्थस्थलमा श्रद्धालु भक्तजनको ठूलो उपस्थितिसहित माघी पर्व रमझम गरी मनाइएको हाे । खार्पुनाथ– ४ को खार्पु दोभानमा सयौँ  भक्तजनले दर्शन गरी माघी पर्व मनाएका छन् ।

रातभरि खार्पुनाथ मन्दिरमा जाग्राम बसी माघी रमझमका मनाइएको छ ।

जिल्लाका विभित्र क्षेत्रबाट पवित्र तीर्थस्थल खार्पु दोभानमा माघीमा दर्शन गर्दा आफूले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

बुधबार राति श्रद्वालु भक्तजन खार्पु दोभानमा रातभर जाग्राम रही मनले चिताएको माग्ने र पूरा हुने विश्वास रहिआएकाे छ ।

सिमकोट गाउँपालिकाका र खार्पुनाथ गाउँपालिकाबाट तीर्थालु भक्तजन खार्पुनाथ मन्दिरको दर्शन गर्न जाने गर्दछन् ।

रातभर आगो बालेर खार्पुनाथ मन्दिरपरिसरमा देउडा नृत्यसहित युवायुवतीले रमाइलो गरी चाड मनाउँछन् ।

हजारौँको संख्यामा रहेका दर्शनार्थीको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय, सिमकोट र खार्पुनाथ प्रहरी चौकीबाट ५० जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएकाे छ ।

माघे संक्रान्तिका वेला कुनै पनि अप्रिय घटना नभएको र मेला धुमधाम सम्पन्न भएको स्थानीय सुरक्षा निकायले जनाएको छ ।

हुम्लामा माघी पर्वलाई आपसी सदभाव र भेटघाटको अवसरका रूपमा पनि लिने गरिएको छ ।

साथै योे पर्वलाई सम्बन्ध सुधारको रूपमा पनि लिने गरिन्छ ।