मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ १ बिहीबार ११:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेख प्रशासनले ९१ कर्मचारीलाई सोध्यो स्पष्टीकरण

Read Time : < 1 मिनेट
२०७७ माघ १ बिहीबार ११:४१:००

दैलेखका विभिन्न सरकारी कार्यालयमा काम नगर्ने कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय दैलेखले स्पष्टीकरण सोधेको छ । 

जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको अनुगमनका क्रममा कार्यालय प्रमुखसहित ९१ जना कर्मचारी अनुपस्थित भएपछि सबैलाई स्पष्टीकरण सोधिएको जनाइएको छ ।

एकै दिन १२ वटा सरकारी कार्यालयको अनुगमन गर्दा ९१ कर्मचारी अनुपस्थित भेटिएका छन् । सबैलाई स्पष्टीकरण सोधेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिएका छन् ।

‘केही कार्यालयमा कार्यालय प्रमुखसमेत उपस्थित नभएको भेटिएको छ, अनुगमनका क्रममा हामीले नागरिकलाई प्रदान गर्ने सेवा प्रवाहबारे पनि जानकारी लिएका छौँ, नागरिक सहायता कक्ष, नागरिक बडापत्र, सूचनाको हकको कार्यान्वयन, कार्यालय सरसफाइलगायतका विषयको अनुगमन गरिएको हो,’ देवकोटाले भने ।

‘सबै कार्यालयलाई देखिएका समस्याबारे जानकारी दिन भनेका छौँ । समाधानका उपायहरूको अवलम्बन गर्न भनेका छौँ,’ उनले भने ।