१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २९ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २९ बुधबार १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई प्रचण्डको चुनौती- पार्टीले सरकारका काममा अवरोध गरेको एउटा उदाहरण देखाउनुस् (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २९ बुधबार १५:३१:oo

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सरकारलाई काम गर्न नदिएको उदाहरण पेस गर्न चुनौती दिएका छन् ।

प्रचण्ड–नेपाल समूहको नेकपाको काठमाडौं जिल्ला कमिटीले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन  गर्ने क्रममा पार्टीले सरकारलाई काम गर्न अवरोध भयो भन्ने प्रधानमन्त्री केपी ओलीको आरोपको खण्डन गर्दै प्रचण्डले एक मात्र उदाहरण देखाउन चुनौती दिएका हुन् ।

उनले भने, ‘उहाँले पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनु भएको छ । सरकारले गर्न खोजेको राम्रो काममा पार्टीले अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्, म केपी ओलीलाई चुनौती दिन चाहन्छु,’ उनले भने, ‘पार्टीले काम गर्न दिएन भनेर दिउँसै रात पार्न खोजेर हुन्छ ? यो झुटो कुरा हो । दुनियाँलाई आँखामा छारो हाल्ने, दिउँसै रात पार्ने कुरा हो । पार्टीले कहाँनिर घेराबन्दी गर्‍यो ? पार्टीले कुन काममा बाधा हाल्यो ? एउटा प्रमाण दिनसक्नु हुन्छ उहाँले ?’ 

अध्यक्ष प्रचण्डले पार्टीले राम्रो काम गर्नुस्, अरुकाे इशारामा नचल्नुस् भन्दा ओलीले पार्टी, जनता र देशलाई नै संकटमा पारेको बताए ।