१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफको ब्रान्ड एम्बेसडरमा मनीषा कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:oo:oo

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेसडरमा नायिका मनीषा कोइराला नियुक्त भएकी छिन् । कम्पनीले कोइरालालाई आइएमई लाइफ जीवन बिमाको ब्रान्ड दूतको भूमिकामा रहने गरी नियुक्त गरेको हो । 

नियुक्तिसम्बन्धी सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल र कोइरालाले हस्ताक्षर गरेको जनाइएको छ । कोइरालाले आइएमई लाइफको ब्रान्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

हस्ताक्षरपछि नायिका कोइरालाले मानव जगत्मा जीवन बिमाको निकै ठूलो महत्व रहेको औँल्याउँदै नेपालीलाई आर्थिक सुरक्षा प्रदान गरी देशैभरि छरिएर रहेको पुँजीलाई एकीकृत गरी राष्ट्र निर्माणमा टेवा पुर्‍याउने अवधारणा बोकेको आइएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसी रहेको बताएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत फँुयालले कोइरालासँग सहकार्य गर्न पाउँदा धेरै उत्साहित भएको उल्लेख गरेको कम्पनीले जनाएको छ । 

ad
ad