१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष २७ सोमबार २२:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भुटानी शरणार्थी शिविरमा आगलागी, जलेर एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ पौष २७ सोमबार २२:२८:००

भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक शरणार्थी वृद्धको मृत्यु भएको छ । दमक– ३ स्थित भुटानी शरणार्थी शिविर डी– ४ छाप्रो नम्बर ३२५ मा आगो लागेको हो  ।

आगलागीमा परी ६० वर्षीय शरणार्थी देशमान राईको मृत्यु भएको छ । आगलागी हुँदा उनको छाप्रो पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

आगो इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी र दमक नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो  । 

आगलागीबाट छाप्रो, छाप्रोभित्र रहेको सुन १ तोला, चाँदी १० तोला, नगद तिन लाख, खाद्यान्य तथा लत्ताकपडा पुर्णरुपमा जलि नष्ट भई कम्तिमा आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।