१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o९:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से २२ सयनजिक, सीमान्तदरमा बढ्दै उच्च बिन्दुमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:२७:oo

नेप्से परिसूचक करिब २२ सयनजिक आइपुगेको छ । झिनो अंकले बढ्दै नेप्से पुनः उच्च बिन्दुमा आइपुगेको हो । बिहीबार नेप्से परिसूचक करिब १६ अंकले बढेर २ हजार १ सय ९४ बिन्दुमा पुगेको हो । यो हालसम्मको नयाँ उच्च बिन्दु हो । 

बिहीबार कारोबार रकम पनि केही सुधार भएर ५ अर्ब ८७ करोड नाघेको छ । ‘अन्य’ समूहको बाहेक सबै समूहगत परिसूचक बढेका छन् । वृद्धि भने सीमान्तदरमा भएको छ । व्यापारमूलक, उत्पादनमूलक, निर्जीवन बिमा, वित्त कम्पनी र लघुवित्त कम्पनी समूहमा मात्रै १ प्रतिशतभन्दा धेरैको वृद्धि भएको हो । 

मल्टिपर्पोज फाइनान्स, मिर्मिरे लघुवित्त, आइएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्सलगायतको मूल्य करिब १० प्रतिशतका दरमा बढेको छ । २ सय ८ धितोपत्र तथा ऋणपत्रको कारोबार हुँदा १ सय २२ को मूल्य बढेको र ५६ वटाको मूल्य घटेको हो । 

योग्य संस्थागत लगानीकर्ता छनोट 
यसैबीच धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्न स्वीकृति दिएको छ । ६२ संस्थाहरूले निवेदन पेस गरेकोमा यी संस्था छनोट भएका हुन् । छनोट भएकामा ५ वटा मात्रै लगानी कम्पनी छन् भने बाँकी वित्तीय संस्था, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष सञ्चालकहरू रहेका छन् । 

यसरी छनोट भएका संस्थाले प्राथमिक सेयर निष्कासनका क्रममा सेयरको मूल्य निर्धारण विधि बुक बिल्डिङमा सघाउनेछन् । बुक बिल्डिङका क्रममा यस्ता संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायतका विवरणको अध्ययनका आधारमा आशय मूल्य पेस गर्छन् । 

बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ता 
-ग्लोबल आइएमई क्यापिटल लि. 
-ग्लोबल आइएमई समुन्नत योजना–१ 
-सिभिल क्यापिटल मार्केट लि. 
-केसिएल अस्टचुट क्यापिटल 
-सिद्धार्थ क्यापिटल लि. 
-सांग्रिला डेभलपमेन्ट बैंक लि. 
-माछापुच्छ्रे  क्यापिटल लि. 
-माछापुच्छ्रे  बैंक लि. 
-नेसनल मर्चेन्ट बैंकर लि. 
-नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लि.
-बिओके क्यापिटल मार्केट लि. 
-एनआइबिएल एस क्यापिटल लि. 
-एनआइबिएल सहभागिता फन्ड 
-एनआइबिएल प्रगति फन्ड 
-कृति भेन्चर फन्ड लि. 
-गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स
-कुमारी क्यापिटल लि. 
-सेन्चुरी क्यापिटल मार्केट्स 
-प्रभु बैंक लि. 
-आकाश क्यापिटल लि. 
-लक्ष्मी क्यापिटल मार्केट लि. 
-लक्ष्मी उन्नति कोष 
-लक्ष्मी इक्विटी फन्ड 
-एनएलजी इन्स्योरेन्स कम्पनी लि. 
-टिम भेन्चर्स प्रालि 
-हाथवे इन्भेस्टमेन्ट नेपाल लि. 
-आइएमई इन्भेस्टमेन्ट प्रालि 
-डिडी इन्भेस्टमेन्ट प्रा. लि. 
-आइएमई होल्डिङ प्रालि 
-सानिमा क्यापिटल लि. 
-सानिमा इक्विटी फन्ड 
-रिलायन्स लाइफ इन्स्योरन्स लि. 
-सिद्धार्थ बैंक लि. हात्तीसार
-मेगा क्यापिटल मार्केट्स लि. 
-सन्राइज क्यापिटल लि. 
-सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ 
-सिद्धार्थ इक्विटी फन्ड

ad
ad