१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २१ मंगलबार ०६:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरामा नाडा र वाडाबीच अन्तर्क्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २१ मंगलबार ०६:३६:००

पोखरामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाले गरेका गतिविधिका बारेमा वाडाले जानकारी पाउने विषयमा केन्द्रित रहेर छलफल भएको हो । 

कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाका हरेक गतिविधि प्रदेशस्तरीय एसोसिएसनलाई जानकारी हुनुपर्ने र प्रदेशस्तरीय एसोसिएसनहरूका गतिविधिहरू पनि नाडालाई जानकारी हुनुपर्ने बताएको जनाइएको छ । नाडाले सबै प्रदेशस्तरीय एसोसिएसनहरूमा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै लैजाने लक्ष्य लिएको दुलालले बताएको नाडाले जनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नाडाका पूर्वअध्यक्ष सौरभ ज्योतिले नाडा र वाडा एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेको जनाइएको छ । सरकारले राजधानीमा प्रदूषण बढेको कारण देखाउँदै सवारीसाधनको आयातमा नै नियन्त्रण गर्न खोजेको महसुस भएको उनले बताएको जनाइएको छ ।

ज्योतिले वाडाले आफ्नो प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने र बढ्दो प्रदूषणले पर्यटकहरू कसरी पोखरामा आउँछन् त भन्ने विषयलाई ध्यानमा राख्दै प्रदूषण नियन्त्रणमा पर्याप्त ध्यान दिनुपर्ने धारणा राखेको नाडाले जनाएको छ । उनले प्रदेशस्तरीय अटो सो कसरी गर्ने भन्नेबारे पनि सुझाब दिएको जनाइएको छ । 

सो कार्यक्रममा महासचिव सुनील रिजालले अटोमोबाइल स्पेयर पार्टस्हरू आयात गर्दा भन्सार नाकाहरूमा हुने समस्याबारे जानकारी दिएका थिए । त्यसको समाधानका लागि उनले विभिन्न सुझाब दिएको नाडाले जनाएको छ ।