१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रासस/एएफपी
२o८१ जेठ ३ बिहीबार १५:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली

बेलायतमा एस्ट्राजेनिकाको खोप लगाउन सुरु 

Read Time : > 1 मिनेट
रासस/एएफपी
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:१६:oo

बेलायतले सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिका फर्मास्युटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ । एस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो । 

निकै सस्तो र वितरणमा निकै सहज मानिएको यो खोप एकजना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान सुरु गरिएको छ ।  विश्वभर कोरोना भाइरसको संक्रमणबाट १८ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने करिब आठ करोड ५० लाख मानिस संक्रमित भएका छन् । संक्रमण दर लगातार वृद्धि हुनुका साथै मानिसको मृत्युदर पनि दिनहुँ बढ्दै गएको छ । 

बेलायतले पहिलो चरणमा एस्ट्राजेनिकाको खोप पाँच लाख ३० हजार डोज उपलब्ध गराउँदै छ । प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण बढ्दै गएकाले आगामी दिनहरू निकै कठिन रहेको बताउँदै खोप अभियान व्यापक बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बेइजिङमा हजारौँले लिए खोप
चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौँ बासिन्दालाई कोभिड– १९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौँ मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरूमा लामबद्ध देखिएका छन् । 

दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरूमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरू पनि रहेका छन् ।

स्वास्थ्य अधिकारीहरूले चिनियाँ फर्मास्युटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई ससर्त स्वीकृति प्रदान गरिसकेको छ । यस खोपको प्रभावकारिता झन्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ । बेइजिङमा ठूलो संख्यामा मानिस स्थानीय अस्पतालहरू र सामुदायिक स्वास्थ्य केन्द्रहरूमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सिसिटिभीले प्रसारण गरेको छ । स्वास्थ्य अधिकारीहरूले जिम र कारखानाका खाली भवनहरूलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।

चीनले गत वर्ष सन् २०२० मा आपतकालीन प्रयोगअन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्ति छन् । अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी सुरु गरेको छ । 

 

ad
ad