१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटन राजनीतिक ‘कु’ रोक्ने ठूलो कदम : गृहमन्त्री थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:३६:oo

गृहमन्त्री रामबहादुर थापा बादलले संसद् विघटन राजनीतिक ‘कु’ रोक्ने ठूलो कदम भएको बताएका छन् । काठमाडौंमा आयोजित नेकपा ओली समूहको विशेष राजनीतिक भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने निर्णय पार्टीभित्रको प्रतिगामी शक्ति र राजनीतिक कु रोक्ने ठूलो रानीतिक कदम भएका बताका हुन् । 

‘आफ्नै पार्टीको अध्यक्षलाई कमरेडको रूपमा नभएर अपराधीका रूपमा खडा गर्नुभयो । देशको प्रमुखलाई, संसदीय दलको नेतालाई अपराधीका रूपमा खडा गर्नुभयो', थापाले भने, 'अविश्वास प्रस्ताव ल्याउने राजनीतिक कुको दिशातिर उहाँहरूको अडान यथावत् देखिसकेपछि संसद् विघटन गरिएको हो । नेकपाको दुईतिहाइ स्थिरताको संयन्त्रका रूपमा थियो । त्यो अस्थिरताको संयन्त्रमा परिणत भइसक्यो र आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोज्यो भनेपछि विघटन गरिएको   हो ।’

पार्टीबाट एक गुट अलग भएको भन्दै थापाले संसद् विघटन गर्नुको कारक पनि सोही गुट भएको आरोप लगाए ।  ‘पदलोलुप र सत्तालोलुप प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा विभाजन आएको हो । पछिल्लोपटक आएको विभाजन को प्रधानमन्त्री, को राष्ट्रपति, को अध्यक्ष, को मन्त्री, को राजदूत हुने भन्ने कुराले आएको हो ।’ 
उनले भने, ‘यो कुनै राजनीतिक विचारधारा बहसबाट भएको विभाजन होइन ।’ 

उनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदम संवैधानिक हो कि असंवैधानिक भन्ने कुराको फैसला सर्वोच्च अदालतले टुंगो लगाउने बताए । उनले भने, ‘अदालतले यो कदमको पक्षमा आदेश दिनेमा विश्वस्त छौँ ।’ 

उनले पुरानो संसद्ले स्थायित्व दिन नसकेपछि त्यसको औचित्य सकिएकाले नयाँ संसद्को पुनर्थापना अहिलेको आवश्यकता र मार्गचित्र दाबी गरे । 

 

ad
ad