Skip This
प्रचण्ड–नेपाललाई ओलीको जवाफ– प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन, केही सिट जित्नुछ भने चुनावको तयारीमा लाग्नाेस् (भिडियोसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १५ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १५ बुधबार १७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड–नेपाललाई ओलीको जवाफ– प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन, केही सिट जित्नुछ भने चुनावको तयारीमा लाग्नाेस् (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १५ बुधबार १७:o२:oo

प्रधानमन्त्री केपी ओलीले बहुमतप्राप्त सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना नहुने दाबी गरेका छन् । ओली समूहका उपत्यकामा उपलब्ध सुदूरपश्चिमस्तरीय भेलालाई काठमाडौंको एक पार्टी प्यालेसमा बुधबार सम्बोधन गर्दै ओलीले भने, ‘६४ प्रतिशत बहुमत प्राप्त दलको सर्वसम्मत नेताको हैसियतमा विघटन गरेको हुँ, बाँकी ३६ प्रतिशतबाट सरकार बन्न सक्दैन । त्यसैले प्रतिनिधिसभा पुनर्स्थापना गर्न सकिँदैन । विघटनपछि अहिले को कहाँ छ भन्ने कुराले अर्थ राख्दैन ।’

संविधानमा प्रतिनिधिसभाको आयु बीचैमा विघटन नभएर पाँच वर्षको हुने लेखिएको भन्दै उनले ख्याल गर्नसमेत आग्रह गरेका छन् । उनले आन्दोलन छाडेर चुनावको तयारीमा लाग्नसमेत आग्रह गरे । ‘केही सिट जित्नुछ भने चुनावको तयारीमा लाग्नुस्, चिसोमा सडकको अलकत्रोमा गएर नबस्नुस्,’ उनले भने ।

माधव नेपालको बारेमा खासै टिप्पणी नगर्ने भन्दै ओलीले प्रचण्डको कार्यकर्ताको संज्ञा दिए । उनले भने, ‘माधव नेपालको बारेमा खासै टिप्पणी गर्दिनँ, उहाँ प्रचण्डको मामुली कार्यकर्ता बन्नुभयो । छेउमै त उहाँ पहिले पनि बस्नुहुन्थ्यो ।’ 

उनले आफूले देश र जनताका लागि पार्टी एकता गरे पनि प्रचण्ड र नेपालले पार्टी फुटाउन प्रयोग गरेको उनको दाबी छ । ‘पार्टीमा माधवको गुट थियो, माधव–प्रचण्ड मिल्दा बहुमत पुग्छ भन्ने मलाई थाहा थियो, पार्टी एकताका लागि ४० प्रतिशत दिएको थिएँ, उहाँहरूले त्यो शक्ति पार्टी फुटाउन लगाउनुभयो ।’

प्रचण्डलाई धुन र पखाल्नका लागि धेरै साबुनपानी खर्च गरे पनि कहिल्यै नपखालिएको उनको भनाइ थियो । सहिद परिवारबारे प्रचण्डले आवाज नउठाएको आरोपसमेत ओलीले लगाए ।