१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा बैठकअघि बिहीबार सांसदहरूको कोरोना परीक्षण हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:१५:oo

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरूलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् । 

बुधबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको कोभिड– १९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिए । 

तर, यो अवधिभर राष्ट्रिय सभा सदस्यहरूलाई स्वास्थ्य सतर्कता अपनाउन उनले आग्रह गरे । १७ गतेको बैठकको निम्ति संघीय संसद् सचिवालयले स्वास्थ्य मापदण्ड पूरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले बताए । 

संसदभित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उनले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरूलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानी अपनाउन आग्रह गरे । 

उनले भने, ‘अहिले हामी कोभिड– १९ कै महामारीका बीचमा छौँ । तसर्थ स्वास्थ्य सावधानी अपनाउने कुरामा माननीयज्यूहरू जो जिल्लामा, क्षेत्रमा बाहिर जानुभएको छ उहाँहरू अलिक सतर्क, क्वारेन्टिनमा बस्ने पनि विचार गरेर आइदिनुपऱ्याे । भोलि उहाँहरूको स्वाब संकलन एवं स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएका छौँ । पर्सि रिपोर्ट आइहाल्छ । त्यसको आधारमा प्रवेश गर्छौँ। यसकारण स्वाब दिनुअघि आजैको दिनमा पनि बाहिर, अरू मासमा अन्यत्र नजाऊँ । किनकि आजको संक्रमण भोलिको स्वाबमा देखिँदैन । त्यसकारण सतर्कता अपनाऊँ ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यबाहेक बैठकस्थलमा प्रवेश गर्ने सुरक्षाकर्मी, पत्रकार, कर्मचारीलगायत सबैलाई पनि सतर्कता अपनाउन पनि अनुरोध गरे । 

उनले भने, ‘सुरक्षाकर्मी, सचिवालयका कर्मचारी, पत्रकार मित्रहरू जो त्यहाँ जान्छौँ उहाँहरू उच्च सतर्कताका साथ जानुपऱ्याे । दूरी कायम राखिदिने, मास्कको अनिवार्य प्रयोग गरिदिने, त्यहाँ स्यानिटाइजरको व्यवस्था गरिएको छ त्यसलाई प्रयोग गर्ने यति कुराहरू गऱ्याैँ भने सचिवालयको तर्फबाट स्वास्थ्य मापदण्डका सबै प्रक्रियाहरू पूरा गर्नेगरी व्यवस्थापन मिलाएका छौँ । भित्रको त्यतिले मात्रै पर्याप्त हुँदैन, घरबाहिर अन्य गतिविधिमा जाँदा पनि त्यत्तिकै सावधानी अपनाउनुपर्ने हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य सावधानी अपनाउन सकेको खण्डमा राष्ट्रिय सभाको यस अधिवेशनलाई स्वास्थ्यको कारण आउने बाधाविना नै अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे । 

उनले प्रतिनिधिसभा नभएको अवस्थामा बिलहरू दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था नभएको उल्लेख गर्दै सरकारी बिजनेस भएन भने सदन लामो समय लैजान नसकिने बताए । 

उनले भने, ‘अहिले प्रतिनिधिसभा नभएको हुँदा बिलहरू तल गएर दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था त छैन । तैपनि सरकारी बिजनेस भएन भने हामीलाई लामो समयसम्म हाउस लान सक्ने अवस्था हुँदैन । जसले गर्दाखेरि जनताका आवाज देश र जनताका जल्दाबल्दा समस्या, सरकारकै बारेमा पनि नागरिकका चासोहरू आफ्नो प्रतिनिधिमार्फत सदनमा व्यक्त हुने अवसर लामो समय पाउन सकिँदैन । छोटो हाउस भयो भने छोटो मात्रै व्यक्त हुन्छ । यसकारणले त्यस्ता विषयहरू जसलाई हामीले हाउसमा ल्याउँदाखेरि पनि सरकारलाई सहजता हुन्छ, ऐनहरू बन्ने प्रक्रियामा जान्छन् र अनि त्यसको माध्यमबाट जनताका कुराहरू माननीयले राख्न पाउने एउटा अवस्था बन्छ । त्यतातर्फ पनि सरकारले पनि ध्यान दिनेछ ।’

राष्ट्रिय सभा अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान भएको छ ।

प्रतिनिधिसभा विघटनपछि पहिलोपल्ट राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

ad
ad