१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २७ आइतबार १६:२६:००
Read Time : < 1 मिनेट
समाचार

काष्ठमण्डप पुननिर्माणको काम सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २७ आइतबार १६:२६:००

७२ सालको भुकम्पले ध्वस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुननिर्माणको मुख्य काम आइतबारबाट सुरु भएको छ ।

वि.स २०७२ वैशाख १२ को महाभुकम्पले पूर्णरुपमा ढलेको हनुमान ढोका दरवार क्षेत्रको काष्ठमण्डपका चारवटा मूल थाम ठड्याएर मुख्य काम थालिएको हो । जेठ ३१ गतेबाट औपचारिक रुपमा पुनःनिर्माणको काम थालिएको करिब आठ महिनापछि पुन निर्माण समितिले चारवटा थाम राखेको हो । काष्ठमण्डप पुनःनिर्माणको क्रममा जगको काम सकिएसँगै आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य तथा वसन्तपुरबासीले थाम र निनाको विशेष पुजा–आजा गरेका छन ।

काष्ठमण्डप पुनःनिर्माणको लागि काठमाडौं महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोग उपलव्ध गराएको छ । विश्व सम्पदा सूचिमा सूचिकृत तथा मौलिक र ऐतिहासिक सम्पदासमेत भएकोले यसको पुनःनिर्माण पुरानै ढाचामा तीन तला हुने पुननिर्माण समितिले जनाएको छ । 

भूकम्प गएको लामो समय सम्म काष्ठमण्डप कस्तो बनाउने कस्ले बनाउने विवाद थियो तर अहिले काठमाडौं महानगरपालिका तथा जन स्तरबाटै गर्न लागिएको छ । पुनःनिर्माणको लागि समितिको महानगरपालिका सँग सम्झौता भएसँगै गत कार्तिक २२ गते काष्ठमण्डपको शिलन्याश गरिएको थियो ।