१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख ३० आइतबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेशमा नेकपाको दुवै समूहका युवा नेताहरूको सक्रियता बढ्यो

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:४८:oo

केन्द्रमा पार्टी विभाजन भएपछि आज (सोमबार) ओली समूहले युवाहरूको कर्णाली प्रदेश भेला गर्न लागेको छ । 

युवाहरूको भेलालाई नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको ओली समूहका नेता टेकेन्द्र बस्नेतले जानकारी दिए । 

‘देशको राजनीतिक कोर्स परिवर्तन भएका कारणले युवाहरूलाई त्यसको जानकारी दिने कार्यक्रम रहेको छ,’ उनले भने, ‘त्यो कार्यक्रममा नेता महेश बस्नेतलगायतका अन्य नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।’

त्यस्तै, प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेताहरू पनि कर्णाली प्रदेशमा प्रवेश गरेका छन् । त्यो समूहका नेता विष्णु रिजाल र निरक आचार्य कर्णालीमा प्रवेश गरेका हुन् । 

कर्णाली प्रवेश गरेका रिमाल र आचार्यले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपीओली प्रतिगमनको मतियार भएको आरोप लगाएका छन् । 

सबै कमिटीमा बहुमत रहेकाले आफूहरू नै आधिकारिक पार्टी हुने दाबी पनि गरे । 

‘दक्षिणतिरबाट योबीचमा लगातार आएका छन् । केही देखिने र केही नदेखिने भ्रमणहरू भारतबाट भएका छन् । कतै त्यसले हाम्रो अन्तरपार्टी संघर्षलाई बढावा दिएको त होइन ?’ प्रश्न गर्दै नेता रिजालले भने, ‘जुन संसद्ले नेपालको भूमिमाथिको अधिकार स्थापित गऱ्याे र जसलाई यो संसद् मन परेको थिएन कतै तिनीहरूकै कारण त यस्तो भएको होइन ?’

ad
ad