मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिलको फितामा कपाल बेरिएर किशोरीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ६ मा आइतबारे मिलको फितामा कपाल बेरिएर एक युवतीको ज्यान गएको छ ।

स्थानीय १७ वर्षाीया नेमियाकुमारी पण्डितको मिलको फितामा कपाल बेरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले बताए । प्रहरीका अनुसार नेमिया आफैँ मिल चलाइरहेको वेलामा फित्तामा कपाल बेरिन पुगेकी थिइन् ।

फितामा कपाल बेरिएर गम्भीर घाइते भएकी नेमियाको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान करिब ११ बजे मिल चलाउने क्रममा नेमिया घाइते भएपछि घरका आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए । 

घरनजिकै माटो भर्ने काम गरिरहेका ट्रयाक्टरचालकले घटनाबारे प्रहरीलाई खबर गरेपछि घटनाको अनुसन्धान भइरहेको छ । शवलाई पोस्टमार्टमका लागि  गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।