मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष ११ शनिबार ११:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड-नेपाल पक्षलाई बस्नेतको आग्रह- धुम्बाराही र बल्खुमा आँखा नलाउनु, देशभरका पार्टी कार्यालय, सूर्य चिह्न पनि हाम्रै हो  

Read Time : < 1 मिनेट
२०७७ पौष ११ शनिबार ११:५५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले धुम्बाराही र बल्खुमा आँखा नलगाउन प्रचण्ड–नेपाल पक्षलाई आग्रह गरेका छन् । 

उनले प्रचण्ड–नेपाल समूहलाई पेरिसडाँडामा जान आग्रह गरे । उनले देशभरका पार्टी कार्यालय सबै ओली समूहकै रहने जिकिर गरे । चुनाव चिह्न सूर्य र पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले दाबी नै गर्न नमिल्ने उनको टिप्पणी थियो ।  

अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लोकप्रियताको मापन चुनावमा गोलाकारभित्रको हँसिया हतौडा लिएर गर्नुपर्ने उनको भनाइ छ । 

यस्तै, अर्का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न र पार्टी कार्यालय दाबी गर्नु भनेको विगतमा जारी माग्नु सरह रहेको उनले टिप्पणी गरे ।

उनले भने, ‘विगतमा जारी माग्ने प्रचलन थियो । अहिले त्यो प्रचलन हराएको छ । मावध कममरेडले सूर्य चिह्न र पार्टी कार्यालय दाबी गर्ने हो भने पार्टीमा फर्केर कुरा गर्नुपर्छ । नत्र विगतमा जारी दिएजस्तै हो । अहिले त्यो चलन गयो । प्रचण्डले आफ्नो लोकप्रियता गोलाकारभित्रको हँसिया हतौडा चुनाव चिह्न लिएर गर्ने हो ।’ 

शनिबार ओली पक्षीय युवा संघले आयोजना गरेको कार्यक्रममा भाग लिन पोखरा आएका थिए ।