मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडौ‌
२o८२ भदौ २८ शनिबार १९:३९:oo
Read Time : < 1 मिनेट
समाचार

जेन-जी आन्दोलन मूलतः सफल : हरिबोल गजुरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार १९:३९:oo

माओवादी नेता हरिबोल गजुरेलले संसद् विघटनलाई प्रक्रियागत दृष्टिले त्रुटिपूर्ण भए पनि परिस्थितिलाई निकास दिन आवश्यक कदमका रूपमा जनताले स्वीकार गरिरहेको बताएका छन्। 

आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गजुरेलले जेन-जी आन्दोलन मूलतः सफल भएको मूल्यांकन गरे। उनले  भने, ‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भए पनि परिस्थितिलाई निकास दिन यो आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका छन्। जेन-जी आन्दोलन मूलतः सफल भएको छ।’

देश गम्भीर संकटमा रहेको कठिन समयमा राष्ट्रपति रामचन्द्र पौडेलले देखाउनुभएको अडान र साहसकै कारण आन्दोलन सुरक्षित रूपमा अवतरण हुन सकेको गजुरेलले उल्लेख गरे। उनले राष्ट्रपति पौडेलप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुपर्ने नेता भनी उनले नै भएको टिप्पणी गरे।