१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष १० शुक्रबार ११:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरधनीलाई ढोका थुनेर घरमा गरियाे आगलागी

Read Time : < 1 मिनेट
२०७७ पौष १० शुक्रबार ११:५५:००

सुन्दरहरैँचा नगरपालिका– १० को एक घरमा घरधनीलाई कोठामा थुनेर चोरले आगो लगाएका छन् । 

सन्तोष थापाको ४ तले घरमा राति १२ः४५ बजेतिर चोरले आगो लगाएको पारिवारिक स्रोतले जनाएको छ । 

थापाको घरको चौथो तलामा टिन लगाइएको छ । टिन काटेर भित्रबाट लगाएको ताला खोलेर चोर घरमा प्रवेश गरेको सुन्दरहरैँचा– १० का वडा सदस्य नगेन्द्रप्रसाद सुवेदीले बताए । 

उनका अनुसार चोरले बैठक कोठामा पसेर केही सामग्री झिकेर परिवार सुतिरहेको कोठामा बाहिरबाट ढोकाको चुकुल लगाएर आगो लगाई प्यासेजको ढोका खोलेर भागेका थिए । 

समयमै छिमेकीहरूले देखेपछि मानवीय क्षति भने नभएको वडा सदस्य सुवेदीले बताए ।

आगलागीबाट एक लाख मूल्यबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । 

चोरले हो वा अन्य कुन कारणले आगलागी भएको हो यकिन नभएकाले यसबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

घटनालाई संवेदनशील तरिकाले लिएर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर ऋषिराज ढकालले बताए । 

आगो बेलबारी र सुन्दरहरैँचा नगरपालिकाको दमकल तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।