प्रचण्ड–माधव नेकपाका यस्ता छन् संघर्षका कार्यक्रम (भिडियोसहित)

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्व नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम तय गरेको छ । प्रचण्ड–नेपाल नेकपाको केन्द्रीय कमिटीको बैठकले संघर्षको कार्यक्रमलाई व्यवस्थित ढंगले परिचालन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय केन्द्रीय संघर्ष समितिसमेत घोषणा गरेको छ । पहिलो संघर्षका कार्यक्रमपछि अझ सशक्त र प्रभावकारी रूपमा उच्चस्तरीय कार्यक्रम घोषणा गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए । 

सम्बन्धित प्रदेशमा स्थायी कमिटी सदस्यहरू प्रदेश पदाधिकारीहरूलाई तत्काल संघर्षमा जुट्न र आ–आफ्नो कार्यक्षेत्रमा जान निर्देशन र केन्द्रीय कमिटी, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी र संगठनको कार्ययोजना कार्यविभाजनबारे स्थायी कमिटीले नै आवश्यक निर्णय लिन सक्ने निर्णय पनि केन्द्रीय कमिटीले गरेको छ ।


प्रवक्ता श्रेष्ठका अनुसार यस्ता छन् आगामी कार्यक्रम
१० गते बिहान साढे ९ बजे माइतीघर मण्डला र १२ बजे निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरू र पार्टीका तर्फबाट संसदमा रहेका  सांसदहरूको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने ।

१० गते राजधानीमा पार्टी अध्यक्षहरूको तर्फबाट २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने

११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल गर्ने, सात दिनभित्र प्रदेश कमिटीको बैठक सम्पन्न गर्ने

१२ गते ७७ जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गर्ने,  भेलामा एकीकृत पार्टीलाई कसरी सशक्त रूपमा अगाडि बढाउने, पार्टी एकताविरुद्धको षड्यन्त्र र भ्रमलाई कसरी चिर्ने, प्रतिगामी षड्यन्त्र र विघटनका विरुद्धको संघर्ष कसरी सञ्चालन गर्ने अभिमुखीकरण सञ्चालन गर्ने 

१४ गते राजधानी र जिल्लामा प्रतिनिधिसभाको कथित विघटन र प्रतिगामी षड्यन्त्रविरुद्ध विरोध कार्यक्रम सञ्चालन गर्ने 

२० गतेसम्म सबै गाउँपालिका र नगरपालिकास्तरमा पार्टीको बैठक र भेलाहरू आयोजना गर्ने 

२५ गतेसम्म सबै वडास्तरसम्म बैठक र भेला गर्ने 

१४ गतेसम्म सबै जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र भेला गर्ने 

सुझावित समाचार