मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २६ मंगलबार
  • Tuesday, 12 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ८ बुधबार १२:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेता चयन गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ८ बुधबार १२:१६:००

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आज विघटित संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूको बैठक बोलाएकाे छ । 

संसदीय दलको बैठक आज बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको एक हलमा बस्नेछ । यस बैठकले पुष्पकमल दाहाललाई आफ्नो समूहको संसदीय दलको नेता चयन गर्ने स्रोतले जनाएको छ । 

हिजो मंगलबार मात्र यस समूहले माधवकुमार नेपाललाई आफ्नो समूहको अध्यक्ष चयन गरेको छ । नेपाललाई अध्यक्ष र दाहाललाई संसदीय दलको नेता चयन गर्ने समझदारी उनीहरूका बीच अघि नै भइसकेको र यसबारे निर्णय मात्र हुने स्रोतले जनाएको छ । 

यसअघि अस्ति सोमबार डाकिएको सांसदहरूको भेलामा प्रचण्ड–नेपाल समूहमा ९० जना विघटित संसदका सांसदहरू सहभागी थिए । 

यसअघि संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा दाहाललाई प्रस्ताव गरिएको थियो ।

प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई बनाउनुपर्ने प्रस्ताव उक्त अविश्वास प्रस्तावमा राखिएको थियो । 

हिजो मंगलबार काठमाडौंका बेग्लाबेग्लै स्थानमा ओली पक्षले र प्रचण्ड–नेपाल पक्षले आ–आफ्नो केन्द्रीय समितिको बैठक बसाएसँगै नेकपा औपचारिक रूपमा फुटिसकेको छ । 

दुवै पक्षले आधिकारिक नेकपा आफूहरू भएको दाबी गरेका छन् ।

यसको निरुपण सम्भवतः निर्वाचन आयोगद्वारा हुनेछ ।