मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ पौष ८ बुधबार
  • Friday, 14 August, 2026
२o७७ पौष ८ बुधबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङबाट नेकपा ओली पक्षको केन्द्रीय सदस्यमा १७ जना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष ८ बुधबार ११:५५:oo

नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठकले बनाएको  एक हजार एक सय ९९ जनाको केन्द्रीय कमिटीमा उद्योगी मोती दुगडसहित मोरङबाट १७ जना परेका छन् । 

केन्द्रीय सदस्यहरूमा नरेश पोख्रेल, खड्ग बस्नेत, घनश्याम खतिवडा, गंगा डाँगी, युवराज बाँस्कोटा, हरि घिमिरे, सुबाेध प्याकुरेल, रामलाल शाह, डिपी राई, सत्यनारायण चौधरी, महेश भट्टराई, बाबुराम कार्की, खेम नेपाली, मीना यादव, रामकुमार बस्नेत तथा ऋषिकेश पोख्रेल रहेका छन् । 

केन्द्रीय सदस्यमा मनोनीत भएकामध्ये दुगड हाल उद्योग राज्यमन्त्री छन् भने नरेश पोख्रेल जिल्ला समन्वय समितिको प्रमुख छन् ।

खड्ग बस्नेत जिल्ला विकास समितिको पूर्वसभापति हुन् । मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद घनश्याम खतिवडा पनि ओली समूहको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । नेकपाका प्रदेश कमिटी सदस्यहरू हरि घिमिरे, डिपी राईसमेत केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । 

खेम नेपाली राष्ट्रिय सभा सदस्य हुन् भने रामकुमार बस्नेत प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका सल्लाकार हुन् । 

पोख्रेल मोरङ जिल्ला कमिटीका अध्यक्ष हुन् ।