१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलायतबाट आउन रोक लगाउने नेपाल सरकारको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o७:oo

सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । मंगलबार बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट आउने सम्पूर्ण यात्रुहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । 

यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए । 

युरोपियन युनियनले बेलायतसँग सीधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए । बैठकले १ पुसयता  नेपाल आएकाहरूले अनिवार्य रूपमा सात दिन क्वारेन्टिनमा बसेर जाँच गरेपछि मात्र  गन्तव्य जान पनि अनुरोध गरेको छ । 

यस्तै, मंगलबार नेपाल आउन ट्रान्जिटमा हुनेले अनिवार्य रूपमा १० दिन होटेल क्वारेन्टिनमा बसेर परीक्षण गरेपछि मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।