१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ५ आइतबार
  • Monday, 30 June, 2025
२o७७ पौष ५ आइतबार १४:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मैत्रीय सहकारीको १३औँ साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष ५ आइतबार १४:३o:oo

मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १३औँ  वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भक्तपुरको बालकोटमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भक्तपुर बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको उनको भनाइ थियो । 

मैत्रीय सहकारीका अध्यक्ष एवं सभाका सभापति बालमुकुन्द उपाध्यायले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताए । उनले मैत्रीय सहकारी संस्थाले कोभिडको महामारीमा पनि आफ्ना बचतकर्ताका लागि समर्पित भएर काम गरेको उल्लेख गरे । 

संस्थाका सचिव सुमन सिलवालले सहकारी संस्थाको प्रतिवेदन पेस गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गरे । 

त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष दिवाकर सिलवालले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताए । सभामा कोषाध्यक्ष सिलवालले आ.व. ०७६/७७ को आर्थिक प्रतिवेदन र ०७७/७८ को कार्ययोजनासमेत प्रस्तुत गरेका थिए । 

मैत्रीय सहकारीले गत आर्थिक वर्षमा करिब २१ करोड बचत संकलन गरी १८ करोड ऋण लगानी गरेको र हालसम्म सहकारीमा २६ सय सदस्य रहेको सञ्चालक नवीन उप्रेतीले जानकारी दिए ।