मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ पौष ५ आइतबार
  • Friday, 28 August, 2026
२o७७ पौष ५ आइतबार १४:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

संसद् विघटनको प्रस्तावविरुद्ध बारामा विरोध प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष ५ आइतबार १४:१६:oo

प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको प्रस्ताव गरेपछि बाराको कलैयामा विरोध प्रदर्शन सुरु भएको छ । 

प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै नेकपा र जसपाका कार्यकर्ताले विरोध प्रदर्शन सुरु गरेका हुन् । 

आइतबार दिउँसो १ बजे कलैयाको भरतचौकमा नेकपा र जसपाका कार्यकर्ताले केपी ओलीविरुद्ध नारा लगाउँदै नाराबाजी गरेका छन् ।

विरोध प्रदर्शनको क्रममा टायर बालेर उनीहरूले जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेको बताएका छन् । उनीहरूले संसद् विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलन सुरु हुने चेतावनी दिएका छन् ।