१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
रमेश रावल वीरेन्द्रनगर
Invalid date format o९:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

घाँस बोक्ने संसदीय समितिका सभापतिको गाडी प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format o९:४५:oo

सरकारी गाडीको दुरुपयोग

कर्णाली प्रदेश सभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहकोे गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रहरीले गाडीभित्र घाँस फेला परेपछि नियन्त्रणमा लिएको हो । सभापति सिंह चढ्ने कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीलाई वीरेन्द्रनगर नगरपालिका– ११ भेरीबाट शनिबार घाँस बाेकेर आउँदै गर्दा सुब्बाकुनामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

शनिबारको दिन त्यसमा पनि सरकारी गाडीले घाँस बोकेर आएको देखेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

सभापति सिंहले गाडी आफ्नो छोरालाई नेपालगन्ज विमानस्थल पुर्‍याउन गएको र आफू सुर्खेतस्थित पश्चिम बराहतालको बड्डीचौरमा भएको जानकारी दिए । ‘गाडी छोरालाई पुर्‍याउन शनिबार बिहान गएको थियो, म योजना आयोगको गाडीमा बड्डीचौर आएको छु,’ उनले भने, ‘बाटोमा फर्किँदा ड्राइभरले घाँस बोकेर ल्याएको  हुन सक्छ ।’

प्रदेश सभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि सरकारले गाडी प्रदान गरेकाे हो ।