१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उखु किसानका माग तत्काल पूरा गर : सांसद चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:४२:oo

जनता समाजवादी पार्टी (जसपा) की सांसद चन्दा चौधरीले काठमाडौंमा जारी किसान आन्दोलनप्रति समर्थन जनाएकी छिन् । 

शनिबार काठमाडौंको माइतीघरस्थित आन्दोलनस्थलमा पुगेर सांसद चौधरीले समर्थन जनाएकी हुन् ।  उनले किसानको माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरिन्। 

उनले किसानको भुक्तानी नगर्ने उधोगीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिन् । 

सांसद चौधरीले कृषिप्रधान देशमा किसानले आफ्नो पसिनाको मूल्य लिन आन्दोलन गर्नुपर्ने स्थिति आउनु दुर्भाग्यपूर्ण भएको बताइन् । सोही अवसरमा उनले आन्दोलित किसानहरूलाई कम्बल वितरण गरेकी थिइन् ।  

ad
ad