Skip This
वामदेवको मध्यस्थतामा ओली-प्रचण्डबीच खुमलटारमा छलफल, प्रचण्डलाई ओलीले के भने ? [भिडियाेसहित]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ४ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष ४ शनिबार १२:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवको मध्यस्थतामा ओली-प्रचण्डबीच खुमलटारमा छलफल, प्रचण्डलाई ओलीले के भने ? [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष ४ शनिबार १२:१६:oo

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच उपाध्यक्ष वामदेव गौतमको मध्यस्थतामा छलफल सुरु भएको छ । 

प्रचण्डलाई भेटन ओली आज ११ बजे खुमलटार पुगेका थिए । ओली पुगेको केही समयपछि उपाध्यक्ष वामदेव गौतमसमेत खुमलटार पुगेका छन् । अहिले तीनैजनाबीच छलफल भइरहेको छ । 

स्राेतका अनुसार, पार्टीभित्र देखिएको विवाद हल गर्न ओलीले वामदेवलाई प्रचण्डसँग मध्यस्थता गर्न भनेबमोजिम गौतमले आजको समय मिलाएका थिए । ‘तपाईं प्रचण्डसँग कुरा गर्ने समय मिलाउनुस्, त्यहीअनुसार भेटेर कुरा गर्छु’ ओलीको भनाइ उद्धृत गर्दै स्राेतले भन्यो, ‘त्यसपछि गौतमले प्रचण्डसँग कुरा गरेर आजको छलफलको समय मिलाइएको हो ।’

महासचिव विष्णु पौडेल प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगेका थिए । प्रधानमन्त्री ओली खुमलटार पुगेलगत्तै पौडेल बाहिरिएका छन् । 

प्रचण्डसँग कुराकानी गर्नका लागि महासचिव विष्णु पौडेलले समेत अध्यक्ष प्रचण्डलाई आग्रग गरेका थिए । त्यसपछि वामदेव गौतममार्फत प्रचण्डसँग कुराकानीको वातावरण मिलाइएको स्राेतले बतायो । 

यसअघि सम्पन्न स्थायी कमिटीको बैठकको छलफलमा ओलीले ‘वामदेवलाई प्रधानमन्त्री बनाऔं’ भन्ने अनौपचारिक प्रस्ताव राखेपछि नेकपाभित्र नयाँ तरङ्ग सिर्जना भएको थियो । कतिपयले वामदेव गौतमलाई ओलीले आफ्नो पक्षमा पार्ने कसरतका रूपमा उक्त अभिव्यक्तिलाई लिएका थिए ।

शुक्रबारका दिन पेरिसडाँडामा आयोजित प्रदेश १ का नेता तथा कार्यकर्ताको भेलामा पनि गौतम सहभागी भएनन् । गौतमले आफू कुनै गुटको भेलामा नजाने तर पार्टी कमिटीको बैठकमा भने बस्ने अभिव्यक्ति दिएका थिए ।