मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे दुई किलो अफिमसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२७:oo

लागुऔषध अफिमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो सात सय ग्राम अफिमसहित रुकुमपश्चिम सानीभेरी नगरपालिका– ३ गरेलाका  ५३ वर्षीया गोरख कुसारीलाई पक्राउ गरेको हो । 

लागुऔषध ब्युरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले कुसारीलाई मंगलबार दिउँसो पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘विशेष सुराकीको आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गरेको थियो,’ सहप्रवक्ता श्रेष्ठले भने, ‘खानतलासी गर्दा दुई किलो सात सय ग्राम लागुऔषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिइएको हो ।’

नियन्त्रण लिइएका कुसारीमाथि अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।