मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष १ बुधबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १ बुधबार o५:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मंगलबजारमा लुम्बिनी विकासको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १ बुधबार o५:२८:oo

लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ६९औँ शाखाका रूपमा मंगलबजारको शाखा सञ्चालनमा ल्याएको हो ।  

हाल २८ जिल्लामा शाखा सञ्जाल पुगेको विकास बैंकले जनाएको छ । विकास बैंकले सम्पूर्ण शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, एटिएम, लकरलगायतका बैंकिङ सेवा उपलब्ध गराएको जनाएको छ ।

आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै करिब २ लाख ६४ हजार ग्राहकलाई सरल तथा सुरक्षित बैंकिङ सेवा प्रदान गरेको बैंकले जनाएको छ । आगामी दिनमा समेत थप शाखा कार्यालयहरूमार्फत ग्राहकहरूलाई बैंकिङ सेवा पुर्‍याउने लक्ष्य लिएको जनाइएको छ ।