१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जबर्जस्ती गर्भपतन गराएको आरोपमा प्रहरी निरीक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३६:oo

श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय, बैदाम पोखरामा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मालाई जिल्ला प्रहरी कार्यालय, पर्वतले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा छँदा सोही स्थानकी युवतीसँग प्रेम विवाह गरेका शर्माले विवाह गरेको केही दिनपछि पर्वतकै एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराएका थिए ।

प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्कपछि गर्भ रहेको र विवाहपछि जबर्जस्ती गर्भपतन गराएको आरोपमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा न्याय माग्दै उजुरी दिएकी थिइन् । घटनास्थल कुस्मा बजार भएकाले छानबिनका लागि जिल्ला प्रहरी कार्यालय, पर्वतमा स्थानान्तरण भएको थियो ।

अनुसन्धानका लागि शर्मालाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । पीडित युवती र प्रहरी निरीक्षक ध्रुव शर्माबीच प्रेममा रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो । युवती गर्भवती भइसकेपछि शर्माले अर्कै युवतीसँग विवाहको तयारी गरेका थिए । 

ad
ad