सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्कालै जारी गरेपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेता छलफलमा जुटेका छन् ।
वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलका लागि प्रचण्डनिवास खुमलटार पुगेका हुन् ।
अध्यादेशबारे साझा धारणा तय गरिने छलफलमा सहभागी एक नेताले जानकारी दिए ।